‘अमेरिकन म्युजिक अवार्ड’को मनोनयनमा टेलर स्विफ्ट सबैभन्दा अगाडि

काठमाडौँ, २ बैशाख । विश्व सङ्गीत क्षेत्रको प्रतिष्ठित अवार्ड ‘अमेरिकन म्युजिक अवार्ड २०२६’ को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन चर्चित गायिका टेलर स्विफ्ट सबैभन्दा बढी ८ विधामा मनोनयनमा परेकी छन् ।

स्विफ्टको पछि पछि सबरीना कार्पेन्टर, ओलिभिया डीन, सोमब्र र मोर्गन वालेन रहेका छन्, जसले समान ७–७ विधामा मनोनयन पाएका छन् । त्यस्तै, लेडी गागा र एलेक्स वारेन ६–६ विधाको मनोनयनमा परेका छन् ।

पहिले नै ४० वटा एएमए अवार्ड जितेर कीर्तिमान बनाइसकेकी टेलर स्विफ्ट यस पटक पनि मुख्य विधाहरूमा हाबी छिन् । यस वर्ष सबैभन्दा ठुलो विधा ‘आर्टिस्ट अफ द इयर’ का लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसमा टेलर स्विफ्ट, सबरीना कार्पेन्टर, मोर्गन वालेन, जस्टिन बिबर, लेडी गागा, ब्रुनो मार्स, बीटीएस, ब्याड बनी, केन्ड्रिक लामर र ह्यारी स्टाइलस परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्