इजरायली आक्रमणमा गाजामा १० जनाको मृत्यु

एजेन्सी, २ बैशाख । गाजास्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक जना बच्चासहित १० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।

गाजामा अक्टोबर– १० देखि लागू भएको युद्धविरामको बाबजुद हिंसा जारी छ भने इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन् ।

हमास प्राधिकरण अन्तर्गत उद्धार सेवाको रूपमा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरमा प्रहरीको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताएका छन् ।

विज्ञप्तिमा, गाजाको आन्तरिक मन्त्रालयलेसमेत इजरायली लडाकु विमानहरूले सहरको केन्द्रमा प्रहरीको गाडीलाई लक्षित गरी गरेको आक्रमणमा धेरै घाइते भएको बताएको छ । यसअघि सुरुमा उत्तरी बेत लाहिया क्षेत्रमा इजरायली गोली हानाहानमा अर्का एक जना व्यक्तिको मृत्यु भएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय