चलचित्र ‘गंगारानी’ निर्माणको घोषणा

काठमाडौँ, १ बैशाख । लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ को अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।

चलचित्र ‘गंगारानी’ निर्माणको औपचारिक घोषणा गरिएको हो । निर्देशक सानेकै लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘गंगारानी’ आगामी जेठको अन्त्यतिर छायांकनमा जानेछ । प्रेमकथामा आधारित चलचित्रमा कलाकार भने टुंगो लाग्न बाँकी छ । 

चलचित्रको औपचारिक घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ । एक युवती गाडीमा आड लिएर उभिएकी छन् । चलचित्रमा एक गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिने निर्देशक सानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्