साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

एजेन्सी, ३० चैत । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् ।

पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको साउदी प्रेस एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी जनाएको छ ।

“अपराधीहरूलाई विवेकपूर्ण सजायको रूपमा म आइतवार रियादमा मृत्युदण्ड दिइएको थियो,” साउदी प्रेस एजेन्सीले लेखेको छ।

साउदी अरबको सरकारी तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२६ को सुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ ।

यस वर्ष मृत्युदण्ड दिइनेमध्ये ३३ जना अर्थात् अधिकांश विदेशी नागरिकहरू छन् । सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो । सन् २०२५ मा अधिकारीहरूले ३५६ जनालाई मृत्युदण्ड दिएका थिए भने त्यसमध्ये लागूपदार्थसँग सम्बन्धित मामिलामा २४३ जना रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय