काठमाडौँ, २९ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
दाङ प्रहरीका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो ।
पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते घाइते भएका छन् । दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ ।





