राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

आज उनीहरुबीच राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ता भएको हो । त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने  जानकारी गराएका थिए ।

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ चैत । उदयपुरमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलका नगरपालिका–६ वाबुङला सामुदायिक

काठमाडौँ, २९ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने

काठमाडौँ, २९ चैत । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट २० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा

काठमाडौँ, २९ चैत । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि