काठमाडौँ, २९ चैत । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट २० जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ बाट ९ र तिलोत्तमा नगरपालिका-१५ कोटिहवाबाट ११ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग हुने सामान सहित नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





