ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौँ, २६ चैत । सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं‍. ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका वडा नं‍. १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेका छन् ।

गत चैत २४ गते साँझ करिब ७स्०० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको म‍.प्र.०१-००४ प २६८८८८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो । मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको ३ वटा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २६ चैत । सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण