५० वर्षीया महिलामाथि जबरजस्ती करणी

धादिङ, २६ चैत । धादिङमा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका-३ छतिनटार बस्ने २८ वर्षीय रवि पोखरेललाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

पोखरेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना र उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी टोली खटिएको थियो। पीडितको उजुरीका आधारमा प्रहरीले तत्कालै कारबाही अघि बढाउँदै आरोपीलाई छतिनटारबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका पोखरेलमाथि जबरजस्ती करणी मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाका बारेमा थप प्रमाण संकलन र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २६ चैत । सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण