लेबनानमा मर्नेको सङ्ख्या १५०० नाघ्यो

एजेन्सी, २५ चैत । लेबनानमा इजरायल र इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहबिच एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार ५३० पुगेको छ ।

यो तथ्याङ्क देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले सार्वजनिक गरेको हो । प्राप्त विवरणअनुसार ज्यान गुमाउनेमध्ये १०२ जना महिला र १३० जना बालबालिका रहेका छन् । यसैगरी, द्वन्द्वमा ४ हजार ८१२ जना घाइते भएका छन् । 

यसैबिच हालै घोषणा गरिएको युद्धविरामबारे इजरायलले ‘दुई हप्ते युद्धविराम लेबनानमा लागू हुँदैन’ भन्ने स्पष्ट पारेको बताएको छ । तर पाकिस्तान र इरानले भने उक्त युद्धविराममा लेबनानलाई पनि समेट्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्