काठमाडौँ, २१ चैत । दुबईमा इरानको ड्रोन आक्रमणमा परेर घाइते भएका ७ जना नेपाली खतरामुक्त रहेको जनाइएको छ ।
उनीहरू खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे हाे । घाइतेमध्ये ६ जना उपचार गराएर काममा फर्किसकेका छन् भने अर्का एक जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ । उपचाररत घाइते पनि खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले बताए ।
उनले पश्चिम एसियाली देशहरूमा चर्केको द्वन्द्व कारण बिदाका दिन पनि परराष्ट्रका अधिकारीहरू घटनाको जानकारी सङ्कलनमा जुटिरहेका छन् । दुबईस्थित नेपाली दूतावासले पनि सबै घाइते खतरामुक्त रहेको जनाएको छ ।






