चलचित्रबाट निकालिए बले

काठमाडौँ, २० चैत । कलाकार सागर लम्साल (बले) चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् ।

उनीमाथि एक युवतीलाई बलात्कार गरेकाे आराेप लागेपछि कालीरानी फिल्मस प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कलाकार लम्साललाई चलचित्र पाँच पाण्डवबाट निष्काशन गरेकाे हाे । 

आज मात्रै सामाजिक सञ्जालमार्फत अमेरिकामा बस्ने एक युवतीले सागर लम्साल (बले) लाई एक वर्षअघि नै आफुमाथि ‘बलात्कार गरेको’ भन्दै स्टाटस लेखेकी थिइन्।

बलात्कारकाे आराेपपछि आपतकालीन बैठक बसेर आरोपित लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गर्ने निर्णय गरिएको कालीरानी फिल्मस्‌का नबिन श्रेष्ठले जानकारी दिए । चलचित्र पाँच पाण्डव परिवारले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा