माछाको मूल्य बढ्यो

काठमाडौँ, २० चैत । बजारमा माछाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज माछाको मूल्य बढेको हो ।

कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ ।

आज छडी माछा प्रतिकिलो थोकमा औसत ७० रुपैयाँ बढेको छ । हिजो  बिहीबार प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएको उक्त माछा आज प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै बचुवा माछाको मूल्य पनि प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा औसत २ सय ७५ रुपैयाँमा किनबेच भएको बचुवा माछा २ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको