सरकारी सूचना सरकारी मिडियामा मात्र दिने निर्णयप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । 

महासंघले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तीनवटै तहका सरकार (संघ, प्रदेश र स्थानीय तह) लाई जारी गरिएको परिपत्र तत्काल फिर्ता लिन जोडदार माग गरेको हो ।

कोरोना महामारी र जेनजी आन्दोलनका कारण चरम आर्थिक संकट झेलिरहेका निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयले निजी मिडिया बन्द हुने र श्रमजीवी पत्रकारको रोजीरोटी खोसिने महासंघको ठहर छ। 

यस निर्णयले परोक्ष रूपमा प्रेस सेन्सरसिपको अवस्था सिर्जना गरी आवाजविहीनहरूको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा गम्भीर असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।

सरकारको यो कदम संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, उदारवादी अर्थनीति र संघीयताको मर्मविपरीत रहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन