काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
आजको पहिलो संसद् बैठकमा बोल्दै उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको भन्दै देश बनाउनुअघि सांसदहरूले आफूले आफैँलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘जनताले ढिला गर भनेर हामीलाई पठाएको होइन, तर आज बैठक ढिला भयो,’ ‘नेपाल हो, यहाँ ढिला गरेपनि हुन्छ भन्ने भाष्य लिएर हामी बसेका छौँ। हामीले उन्नति गर्न नसकेको मुख्य कारण नै यही हो ।’
देश विकासको सुरुवात समयको कदर र अनुशासनबाटै हुनुपर्ने भन्दै उनले संसदको आगामी बैठकहरूमा समयमै उपस्थित हुन सबैको ध्यानाकर्षण गराए । उनले सभामुखमार्फत माग राख्दै भने, ‘आउँदा दिनमा बैठक सुरु हुनुभन्दा ५ मिनेटअघि नै सबै उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु ।






