काठमाडौँ, १९ चैत । सल्यानमा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज सल्यानको कपुरकोटा गाउँपालिका ४ लामिडाँडास्थि किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको म.प्र.०३००३ स ४०१५ नम्बरको अटो दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा सल्यानको कपुरकोट गाउँपालिका ४ बस्ने ३८ वर्षीय टिकाराम राना (चालक), सोही ठाउँ बस्ने ७२ वर्षीय डिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारत घर भई भाँडा बेच्दै हिँड्ने ५२ वर्षीय सफी अहमद रहेको प्रहरीले जनाएको छ । घाइते राना, सुनार, सागर र अहमदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
टोपबहादुरलाई भने आधारभूत स्वास्थ्य चौकी कपुरकोट पठाइएको प्रहरीले जनाएको छ ।






