५ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दानीसमेत ५ जनाविरुद्ध विशेष अदालतलमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उपभोक्ता समितिका अध्यक्ष दानीसहित कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री, सामुदायिक वन उपभोक्ता समूहका सदस्य हरिप्रसाद अधिकारी र दर्तावाल लेखा परीक्षक ज्ञानेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर भएको हो ।

दानी, अधिकारी र क्षेत्रीविरुद्ध १२ लाख १८ हजार ५१२ रुपैयाँ बिगो दाबी गरिएको छ भने अधिकारीविरुद्ध दुई लाख ८५ हजार बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन