हामीमाथि चौबिसै घण्टा निगरानी गर्नू : सभापति लामिछाने

काठमाडौँ, १९ चैत । रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

आजबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ ।

साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए । ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’

साथै, उनले आफूहरू प्रश्न मात्रै देखाउने नभइ जवाफ खोज्न पनि आउने बताए । ‘हामीलाई प्रश्न देखाउन मात्रै होइन, जवाफ खोज्न पनि आउँछ । हामीले त्यो देखाउनुछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन