सर्लाहीमा दिदीबहिनी एकैठाउँमा मृत फेला

काठमाडौँ, १९ चैत । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन् ।

दुवै किशोरी आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन