इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

एजेन्सी, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् ।

बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्यहरू पूरा हुने क्रममा रहेको र निकट भविष्यमा नै यस कार्यलाई पूर्णता दिने बताएका हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले एक महिनाअघि सुरु भएको  युद्धले इरानको सैन्य मेरुदण्ड भाँचेको दाबी गरे । उनले इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको र इरानका अधिकांश शीर्ष नेताहरू मारिएको दाबी गरे ।  ट्रम्पका अनुसार इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ। ‘अमेरिकाले जितिरहेको छ र यो जित पहिलेको भन्दा निकै ठूलो छ,’ उनले भने ।

राष्ट्रपतिले सन् २०२५ जुनमा इरानको आणविक कार्यक्रम लक्षित गरी गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’ को चर्चा गर्दै ती आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताए। इरान आणविक हतियार निर्माणको सङ्घारमा पुगेको उल्लेख गर्दै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको पालामा भएको आणविक सम्झौतालाई ठूलो गल्तीको संज्ञा दिए । आफूले सो सम्झौता अन्त्य गर्न पाएकोमा गर्व महसुस गरेको भएको समेत उनको टिप्पणी थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन