अब १ महिनामै एसईईको नतिजा : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्‍यो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव हुन निदन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताए ।

उनले भने, ‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ । नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु ? तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ ।’

७७ वटै जिल्लाका शिक्षा एकाइबाट १ महिनामा नतिजा निकाल्न सकिने सुझाव आएको मन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन