संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी

काठमाडौँ, १८ चैत । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन् ।

आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

उनले बैठकमा भने, ‘पार्टीको विधि पद्धती र वरीयताको विषयमा म जानकार छु र सम्मान पनि गर्छु, तर अहिले देशमा उत्पन्न भएको परिस्थितिलाई हामीले नजरअन्दाज गर्न भने पक्कै हुँदैन,’ ‘देशको परिस्थिति कस्तो छ भनेर सदन र सदन बाहिरको अवस्थालाई हेरेर हामी बुझ्न सक्नुपर्छ।’

साथै उनले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई अघि बढाउनुपर्ने बताएका थिए । उनले भने, ‘मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद पनि हो,’ ‘अहिलेको जनभावना र आवश्यकता अनुसार तथा पार्टीले लोकतान्त्रिक अभ्यासलाई पनि अवलम्बन गर्ने हुँदा संसदीय दल नेतामा म आफ्नो इच्छा व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । आज

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला