इरानमा २४ घण्टामा २३० हवाई हमला

एजेन्सी, १८ चैत । इजरायली सेनाले मंगलबार २४ घण्टाको अवधिमा इरानमा २३० भन्दा बढी हवाई हमला गरेको दाबी गरेको छ ।

अमेरिका–इजरायल र इरान युद्धको आज ३३औँ दिन हो । इजरायलले यी हमलाहरू एक योजनाबद्ध सैन्य अभियानका हिस्सा भएको बताएको छ । यसको उद्देश्य इरानको सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको उसले बताएको छ । 

यता, इरानले भने इजरायल र अमेरिकाले सैन्य ठेगानाहरूमा मात्र नभई सर्वसाधारण नागरिकहरूसँग जोडिएका स्थलहरूमा पनि आक्रमण गरिरहेको आरोप लगाएको छ ।

यसैबीच अमेरिका र इजरायलका हमलाहरूमा हालसम्म इरानका कम्तीमा चार हजार ७७० सुरक्षाकर्मीको मृत्यु भइसकेको तेहरान टाइम्सको रिपोर्टमा उल्लेख छ । यस अवधिमा करिब २१ हजार मानिस घाइते भएका छन् । 

साथै, युद्धले यस क्षेत्रको अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ । रिपोर्टका अनुसार, यो युद्ध अब केही देशमा मात्र सीमित नरही सम्पूर्ण क्षेत्रकै लागि ठूलो संकट बनेको छ । 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका अनुसार, क्षेत्रको जीडीपी ३.७ देखि ६ प्रतिशतसम्म घट्न सक्ने, होर्मुज जलमार्गबाट हुने जहाजको आवतजावत ७० प्रतिशतभन्दा बढीले घटेको, तेलको मूल्य प्रतिब्यारेल करिब १२० डलर पुगेको र १६ लाखदेखि ३६ लाखसम्म रोजगारी संकटमा परेको छ ।


यसैबीच अमेरिका, इजरायल र इरान युद्धको अन्त्यका लागि चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक डारले बेइजिङमा भएको बैठकपछि इरान युद्ध रोक्नका लागि पाँचबुँदे योजना जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय