एमाले सचिवालय बैठकले गर्यो ९ वटा निर्णय (सूचीसहित)

काठमाडौँ, १७ चैत । नेकपा (एमाले)ले विरोध प्रदर्शनका कार्यक्रम तय गरेको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शनका कार्यक्रम तय गरिएको हो ।

एमाले बैठकका नौ निर्णयहरु–
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने। 
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
६. सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । आज

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला