१९ गते संसद्को अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, १६ चैत । चैत २९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज दिउँसोको मन्त्रिपरिषद् बैठकले चैत १९ गते २ बजे अधिवेशन बोलाउने निर्णय गरेको हो ।  

त्यस्तै सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको नेतृत्वमा एक कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको प्रतिनिधित्व रहने प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार कार्यदलले संसदमा रहेका सबै दलको सुझाव, सरोकार र दृष्टिकोणलाई समेटेर एक साझा अवधारणापत्र तयार गरिनेछ । 

सरकारले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको पनि स्पष्ट पारेको छ । उनले आफूहरूले कार्की आयोगको प्रतिवेदनअनुसार कार्यान्वयन गरेको र राज्यका निकाय तथा अंगले गर्ने कामहरू कानुनसम्मत हुने भएकाले सरकारले यसमा हस्तक्षेप नगर्ने बताए । राज्यका निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर गरेको कार्यमा सरकारले हस्तक्षेप नगर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । आज

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला