काठमाडौँ, १६ चैत । बलिउड सिनेमा ‘धुरन्धर–२ : द रिभेन्ज’ले नेपालमा पनि राम्रो कलेक्सन गरिरहेको छ ।
आइतबार साँझ ५ बजेसम्म ‘धुरन्धर–२’ले साढे १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्ड बक्सअफिस स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।
बलिउडमा नयाँ–नयाँ रेकर्ड बनाइरहेको चलचित्र ‘धुरन्धर–२’ नेपालमा पनि उच्च अकुपेन्सीमा चलिरहेको छ । आदित्य धरको लेखन तथा निर्देशन रहेको जासुसी थ्रिलर ‘धुरन्धर–२’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदीलगायत कलाकारको अभिनय छ ।
यो सिनेमामा पाकिस्तानको आतंकवादी समूहविरूद्ध लड्ने भारतीय जासुसी मिसनको कथामा आधारित छ ।






