गृहमन्त्री गुरुङद्वारा मनसुनअगाडि नै विपद् व्यवस्थापनको तयारी गर्न निर्देशन

काठमाडौँ, १५ चैत । गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्टबिच आइतबार छलफल भएको छ । 

प्राधिकरणको कार्यालयमा भएको छलफलमा गृहमन्त्री सुधन गुरुङले मनसुन अगाडि नै विपद् व्यवस्थापनको तयारी सुरु गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि प्राधिकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपद् हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताए ।

कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो । अन्य गृहमन्त्रीहरू ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो । विपद् व्यवस्थापनका लागि हामीलाई सहज रहन भन्नुभयो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । आज

काठमाडौँ, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ कात्तिक १५ गते भएको सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला