वर्षा सिवाकोटी ‘ल बसम’ राइड-सेयरिङको ब्रान्ड एम्बेसडर

काठमाडौँ, १५ चैत । नेपाली युवाले सञ्चालनमा ल्याएको ‘ल बसम’ राइड-सेयरिङ सेवाको व्यवसायिक दूतमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छन् ।

कम्पनीले विज्ञप्तिमार्फत उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको जनाएको हो । नेपाली युवाको पहल, सीप र स्वदेशी लगानीमा तयार गरिएको उक्त सेवा हालै सञ्चालनमा आएको थियो । सुरुमा संघीय राजधानी काठमाडौँबाट सेवा थालेको ‘ल बसम’ले निकट भविष्यमा अन्य सहरमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

व्यवसायिक दूत बनेपछि अभिनेत्री सिवाकोटीले खुसी व्यक्त गरिन् । वर्षा पछिल्लो समयकी लोकप्रिय र डिमान्डेड अभिनेत्री हुन् । स्वदेशी राइड-सेयरिङ सेवासँग जोडिन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्