‘धुरन्धर २’ को हजार करोड भारु नाघ्यो

काठमाडौँ, १४ चैत । निर्देशक आदित्य धरको स्पाइ-एक्सन थ्रिलर फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ ले प्रदर्शनको पहिलो आठ दिनमै भारतीय सिनेमामा नयाँ इतिहास रचेको छ ।

यो फिल्म बिहीबार, मार्च १९ मा हलमा रिलिज भएको थियो । त्यसअघि मार्च १८ को साँझ पेड प्रिमियर शोसमेत राखिएको थियो । उक्त प्रिमियर शोबाटै रणवीर सिंह अभिनित यो सिक्वेलले रेकर्ड बनाउन सुरु गरेको थियो ।

अघिल्लो भाग ‘धुरन्धर पार्ट १’ ले ८६ दिनमा विश्वव्यापी रूपमा १,३०७ करोड भारु कमाएको थियो । तर ‘धुरन्धर २’ ले भने केवल ८ दिनमै विश्वभर १,०७९ करोड भारु कमाइसकेको छ ।

कमाइको गति यति तीव्र छ कि बक्स अफिसमा हरेक दिन नयाँ कीर्तिमान बनिरहेका छन् । बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्मका पुराना रेकर्डसमेत यसले तोड्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्