तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो हुने

भक्तपुर ,५ पौष । राम चन्द्र प्रजापति । उपभोक्ता स्थानीय बजारमै सर्वसुलभमा गुणस्तरीय सामन उपलब्ध गराउने उद्देश्यले २०६७ सालमा स्थापना भएको सघको आयोजनामा आउँदो पौष २६ देखि ३० सम्म तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला भक्तपुरको सल्लाघारीमा हुने भएको छ ।

भक्तपुर विधुतिय सामग्री व्यवसायी संघ भक्तपुरले आज पत्रकार सम्मेलन गर्दै एक्स्पोले भक्तपुरको सांस्कृतिक पहिचान बोकेको ऐतिहासिक नाचगान बाजागाजा सहित र्‍याली, मोटरसाइकल र्‍याली लागाएत एक्स्पो कार्यक्रम हुने प्रचारप्रसार गर्ने पत्रकार सम्मेलनमा सघका अध्यक्ष पुन्यराम खाताखोले जानकारी दिनुभएको छ ।

उपभोक्ताले नयाँ नयाँ इलेक्ट्रोनिक्स सामान खरिद गर्न भक्तपुर बाहिर जानुपर्ने बाध्यतालाई मुक्ति मिलेको र सहुलियत रुपमा सामग्री उपभोक्ताको पहुँच पुर्‍याउन सहज यसबर्षको एक्स्पोले महत्त्वपूर्ण भूमिका रहेने अध्यक्ष खाताखोले भन्नू भयो ।

संघले भक्तपुरमै पहिलो पटक श्रीपद्द्म मा वि दरवारस्वायरमा सन २०११ मा २०६८ इलेक्ट्रोनिक्स एक्स्पो आयोजना गरेको जस्मा स्टल ६३ वटा, सहभागी व्यवसायी ५५ जना ५० हजार अवलोकनकर्तावाट ३ करोडको कारोबार रहेकोछ । त्यस्तै दोस्रो एक्स्पो सन २०१५ मा भक्तपुर बहुमुखी क्याम्पसमा सम्पन्न भएको एक्स्पोमा स्टल ८० वटा, सहभागी व्यवसायी ७० जना, एक लाख अवलोकन भएकोमा करिब १० करोड कारोबार भएको तेस्रो एक्स्पो संयोजक माधवप्रसाद प्रजापतिले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यस बर्ष तेस्रो एक्स्पो कार्यक्रम विगत भन्दा प्रभावकारी गर्न सवै व्यवस्थापन राम्रो गर्ने तयारी गरेको र यस वर्ष स्टल २०० वटा सहभागी व्यवसायी २०० जना एक्स्पो अवलोकनकर्ता दुइ लाख जनाबाट ५० करोड कारोबार हुने लक्ष्य रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिस भक्तपुर अलिना खड्काले स्वागत गरेको कार्यक्रममा सी जि इलेक्ट्क्सि नेशनल सेल्स मेनेन्जर पुरुषोत्तम भणडारी, रुकेश रंजित लगाएतले तेस्रो एक्स्पोबार जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । २०८३ साल असोज १२ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य फलदायी रहनेछ। व्यापारमा लाभ हुनेछ।

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार