अमेरिकी डलरमा अबदेखि ट्रम्पको हस्ताक्षर

एजेन्सी, १३ चैत । अमेरिकी इतिहासमा पहिलोपटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर कागजी नोट (डलर) मा छापिने भएको छ ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले बिहीबार गरेको घोषणा अनुसार आगामी गृष्म ऋतुदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर अंकित मुद्रा प्रचलनमा आउनेछ ।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसर पारेर ल्याउन लागिएको यो नयाँ डिजाइनका नोटहरूले विगत १६५ वर्षदेखि चल्दै आएको एउटा लामो प्रशासनिक परम्परालाई पनि अन्त्य गरिदिएको छ। सन् १८६१ देखि अमेरिकी सङ्घीय मुद्रामा ट्रेजररको हस्ताक्षर अनिवार्य रहँदै आएको थियो। तर अबदेखि ट्रेजररको हस्ताक्षर हटाइनेछ र त्यसको सट्टामा राष्ट्रपतिको हस्ताक्षर रहनेछ ।

ट्रेजररले ट्रेजरी सचिवको मातहतमा रही ब्यूरो अफ एनग्रेभिङ एन्ड प्रिन्टिङ र अमेरिकी टकमारी (मिन्ट) जस्ता विभागहरूको रेखदेख गर्ने गर्छन्। आगामी जुन महिनादेखि राष्ट्रपति ट्रम्प र ट्रेजरी सचिव स्कट बेसेन्टको हस्ताक्षर भएका १०० डलरका नोटहरू छापिनेछन् र त्यसको केही हप्तापछि अन्य दरका नोटहरू बजारमा आउनेछन्। हालसम्म पूर्व राष्ट्रपति जो बाइडेनको पालाका ट्रेजरी सचिव जेनेट येलेन र पूर्व ट्रेजरर लिन मालेर्बाको हस्ताक्षर भएका नोटहरू उत्पादन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्