सम्झौतामार्फत युद्धका उद्देश्य पूरा गर्ने अवसर : नेतन्याहु

एजेन्सी, १० चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् ।

सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ । एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले भनेका छन्, ‘अमेरिकी सेनासँग मिलेर हामीले हासिल गरेको ठूलो सफलतालाई उपयोग गर्दै, सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर छ । यस्तो सम्झौताले हाम्रो आवश्यक हितहरूको रक्षा गर्नेछ ।’

उनले कुनै पनि हालतमा आफ्ना आवश्यक हितहरूको रक्षा गर्ने पनि बताएका छन् । नेतन्याहुले इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखेको जानकारी पनि दिएका छन् ।

नेतन्याहूले भनेका छन्, ‘हामी इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखिरहेका छौं । हामी (इरानको) मिसाइल र आणविक कार्यक्रम समाप्त पारिरहेका छौं र हेजबुल्लाह माथि निरन्तर ठूलो आक्रमण गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ, १५ असोज । रुपन्देहीमा २ करोड ५१ लाखभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिला पक्राउ परेकी छन् । सशस्त्र

काठमाडौँ, १५ असोज । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका