इरानद्वारा अमेरिकी अधिकारीसँग वार्ता भएको खबर अस्वीकार

एजेन्सी, १० चैत । इरानका संसद् अध्यक्ष मोहम्मद–बागेर गालिबाफले अमेरिकी अधिकारीहरूसँग आफ्नो कुनै पनि किसिमको वार्ता भएको भन्ने खबरको खण्डन गरेका छन् ।

विभिन्न समाचार माध्यमहरूले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँग उनको गोप्य वार्ता भएको दाबी गरेपछि गालिबाफले सामाजिक सञ्जाल एक्स मार्फत सो कुराको खण्डन गरेका हुन् ।

यसअघि, विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरले इरानी संसद् अध्यक्ष गालिबाफसँग वार्ता गरिरहेको खबर सार्वजनिक गरेका थिए ।

तर, गालिबाफको नाममा रहेको एक्स ह्यान्डलबाट जारी एक पोस्टमा अमेरिकी अधिकारीहरूसँग कुनै पनि वार्ता नभएको स्पष्ट पारिएको छ । उक्त पोस्टमा तेल बजारलाई प्रभावित गर्न यस्तो फेक न्युज फैलाइएको आरोप लगाइएको छ । साथै, पोस्टमा भनिएको छ, ‘इरानी जनता आक्रमणकारीहरूलाई पूर्ण र पश्चात्तापपूर्ण सजायको माग गर्दछन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्