एकैदिन सय करोड कलेक्सन कटाउने पहिलो चलचित्र बन्यो ‘धुरन्धर-२’

काठमाडौँ, ९ चैत । बलिउड सिनेमा ‘धुरन्धर–२ : द रिभेन्ज’ले चार दिनमा प्रिमियरसहित ३८८ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ ।

आइतबार मात्रै यो चलचित्रले १०४ करोड कलेक्सन गरेको छ । ‘धुरन्धर–२’ एकल भाषामा एकै दिन सय करोड रुपैयाँ कलेक्सन कटाउने पहिलो चलचित्र बनेको छ ।

बुधबार ४० करोड, बिहीबार ७५ करोड, शुक्रबार ७२ करोड, शनिबार ९७ करोड र आइतबार १०४ करोड रुपैयाँ कलेक्सन गरेको बलिउड सिनेमाका समीक्षक तथा ट्रेड एनलाइसिस्ट सुमित कँडेलले बताएका छन् । 

आदित्य धरको लेखन तथा निर्देशन रहेको जासुसी थ्रिलर ‘धुरन्धर–२’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।