‘आ बाट आमा’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडौँ, ९ चैत । फिल्म ‘आ बाट आमा’ले प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको छ ।

फिल्मले आइतबारबाट २० वटा हलमा ५१औँ दिन मनाउन सफल भएको हो । निर्माण युनिटले आइतबार नै राजधानीमा एक कार्यक्रम गर्दै कलाकार, सहयोगीलाई प्रशंसा पत्र वितरण गर्दै ५१ औँ दिनको खुसी साटेको हो । फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

फिल्मले ५१ दिनसम्म करिब साढे १३ करोड व्यापार गरेको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कमा भने फिल्मको व्यापार १३ करोड ५ लाख आसपास छ । प्रचारसहित २ करोडमा बनेको यो फिल्मबाट निर्माताले ५ करोडसम्म शेयर पाउन सक्ने देखिन्छ ।

‘आ बाट आमा’को व्यावसायिक सफलतापछि निर्माण युनिटले यसको सिक्वेल ‘आ बाट आमा २’ घोषणा गरिसकेको छ । आगामी दसैँमा रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्ममा पल स्वयं मुख्य भूमिकामा देखिनेछन् भने बिपना थापा पनि रहने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित