सुडानको अस्पतालमा आक्रमण हुँदा ६४ जनाको मृत्यु

एजेन्सी, ८ चैत । सुडानको दार्फर क्षेत्रमा रहेको एक अस्पतालमा भएको साङ्घातिक आक्रमणमा परी कम्तीमा ६४ जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार मृत्यु हुनेमा १३ जना बालबालिका समेत रहेका छन् ।

पूर्वी दार्फर राज्यको राजधानी अल देइनमा रहेको अल देइन टिचिङ हस्पिटलमा शुक्रबार राति यो आक्रमण भएको हो। आक्रमणमा दुई महिला नर्स र एक पुरुष डाक्टरसहित कैयौँ बिरामीले ज्यान गुमाएका छन् ।

महानिर्देशक टेड्रोसले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार आक्रमणमा परी अन्य ८९ जना घाइते भएका छन्, जसमा आठ जना स्वास्थ्यकर्मी समेत रहेका छन्। यो आक्रमणले अस्पतालको बालरोग विभाग, प्रसूति सेवा र आकस्मिक कक्षमा ठूलो क्षति पुर्‍याएको छ। जसका कारण अस्पताल पूर्ण रूपमा बन्द भएको छ र सहरमा अत्यावश्यक चिकित्सा सेवा पूर्ण रूपमा टुटेको छ।

सुडानमा सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बिच विगत तीन वर्षदेखि जारी गृहयुद्धका क्रममा स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा परेर मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। डब्लूएचओका अनुसार हालसम्म स्वास्थ्य क्षेत्रमा २१३ वटा आक्रमण पुष्टि भइसकेका छन्, जसमा २ हजार ३६ जनाले ज्यान गुमाएका छन्।

शुक्रबारको यो पछिल्लो आक्रमण कसले गराएको हो भन्नेबारे तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्