इजरायलको अरादमा संकटकाल घोषणा

एजेन्सी, ८ चैत । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल हमलाले भयावह रूप लिएको छ ।

स्थानीय दमकल विभागका अनुसार, मिसाइल सहरको बीचभागमा खसेको थियो, जसका कारण सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । घटनास्थलमा उद्धार र राहत कार्य जारी छ ।

आक्रमणपछि इजरायल सरकारले अरादमा संकटकाल घोषणा गरेको छ । सञ्चारमाध्यमका अनुसार, यस हमलामा कम्तीमा ८८ जना घाइते भएका छन् । इजरायली आपत्कालीन सेवाले घाइतेहरूको उपचार भइरहेको र एक पाँच वर्षीया बालिकाको अवस्था गम्भीर रहेको जनाएको छ । मिसाइल बाक्लो बस्ती भएको इलाकामा खसेकाले धेरै भवनहरू ध्वस्त भएका छन् । स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन अपिल गरेको छ ।

इरानको दाबी : इजरायलको आकाश सुरक्षित छैन
इरानी संसद्का सभामुख मोहम्मद–बाकर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत डिमोनामा हालै भएका मिसाइल हमलाहरूले इजरायलको हवाई सुरक्षा प्रणाली कमजोर हुँदै गएको प्रमाणित गरेको बताएका छन् । उनले अब इजरायलको आकाश सुरक्षित नरहेको र युद्ध नयाँ चरणमा प्रवेश गरेको दाबी गरेका छन् ।

यसैबीच इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार, युद्ध सुरु भएयता इजरायलमा चार हजार २९२ भन्दा बढी मानिस घाइते भई अस्पताल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा

रुपन्देही, १६ असोज । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले