काठमाडौँ, ६ चैत । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक गरिएको छ ।
टिजर आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ । टिजरलाई निर्माण टिमले आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको जनाएको छ ।
चलचित्रमा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।





