इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते

एजेन्सी, ४ चैत । इजरायली आक्रमणबाट लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २४ जना घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाले गरेको दुईवटा आक्रमणमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका पुष्टि गरेको छ ।

इजरायली वायु सेनाले बेरूतका तीनवटा अपार्टमेन्ट भवनहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ले जनाएको छ ।

‘अल जजिरा’का अनुसार इजरायली सेनाले सैदा जिल्लाको अल अकिब्या सहरमा पनि आक्रमण गरेको छ । यो आक्रमण नजिकैको कनगरित सहरमा भएको अर्को आक्रमणको केही समयपछि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण