सरकारले गरेका विकासका काम केही समयमा नै देखिन्छ : मुख्यमन्त्री पौडेल

धादिङ, ४ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौड्यालले प्रदेश सरकारले गरेका विकास निर्माणका निम्ती गरेका कामहरु केही समयमा नै जनताले देख्ने र अनुभुत गर्न पाउने बताउनुभयो ।

धादिङको सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो विकास र समृद्धिको बाटो समातिसकेको बताउँदै सस्थागत संरचना पनि नभएको सुरुवाती वर्ष कानुन निर्माण र संरचना निर्माणमै अल्मलिनुपरेकाले अव विकास र समृद्धिको लागि खुलेर लागिपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले देश विकास र समृद्धिमा पुर्याउन हरेक गाउँ गाउँका युवाहरु उत्पादनसँग जोडि आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक वृद्धिदरलाई बढाउन तथा रोजगारीको सृजना गर्नुपर्ने भन्दै नेपाललाई आधुनिक कृषिको विकास गरी अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले नेपाली युवाहरुले विदेशको विकास र समृद्धि गरेको उल्लेख गर्दै अबका केही वर्षमा युवाहरुले रोजगारीको बहानामा विदेशको मरुभूमिमा गई पसिना बगाउनुपर्ने दिनको अन्त्य हुने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका