श्रीलङ्कामा हप्तामा ३ दिन बिदा

काठमाडौँ, ३ चैत । इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्काे सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

हप्तामा तीन दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागू हुनेछ । तर अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य तथा अध्यागमन कार्यालयजस्ता सरकारी निकायहरूमा यो लागू नहुने अधिकारीहरूले बताएका छन् । हप्तामा तीन दिन लगातार सरकारी कार्यालयहरू बन्द नहोऊन् भनेर शुक्रवारको सट्टा बुधवार बिदा दिने निर्णय गरेको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण