दक्षिण लेबनानको स्वास्थ्य केन्द्रमा भएको आक्रमणमा १२ स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी, १ चैत । लेबनानको दक्षिणी क्षेत्रमा रहेको एक स्वास्थ्य केन्द्रमा भएको इजरायली आक्रमणमा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा डाक्टर र नर्सहरूसमेत रहेका छन् । मन्त्रालयका अनुसार आक्रमण शुक्रबार बोर्ज कालाउइये क्षेत्रमा भएको थियो, जहाँ रहेको स्वास्थ्य केन्द्रलाई निशाना बनाइएको बताइएको छ ।

घटनाप्रति विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले कडा निन्दा गरेका छन् । यस्तो घटनाले लेबनानको स्वास्थ्य प्रणालीमाथि भइरहेको निरन्तर आक्रमणलाई देखाउने  उनले बताएका छन् ।

‘स्वास्थ्यकर्मीहरू सधैँ सुरक्षित हुनुपर्छ। यस्तो दुखद घटनाको हामी कडा शब्दमा निन्दा गर्छौ’ टेड्रोसले भने ।

उता इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिण लेबनानको उक्त क्षेत्रमा आक्रमण भएको रिपोर्टबारे आफूहरूलाई जानकारी भएको बताउँदै घटनाको समीक्षा भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण