छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई हमासको आग्रह

एजेन्सी, १ चैत । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ ।

हमासले वक्तव्य निकालेर छिमेकी देशहरूमाथि आक्रमण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

हमासले इरानलाई अमेरिका–इजरायलको आक्रमणको जवाफ दिने अधिकार भने रहेको बताएको छ । हमासले इरानी नीतिहरूमा सार्वजनिक रूपमा टिप्पणी गरेको यो पहिलो पटक हो ।

हमासले मध्यपूर्व युद्धमा इरानसँग ऐक्यबद्धता व्यक्त गरेको छ तर अहिलेसम्म इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छैन । यस्तै लडाकु समूह हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई युद्ध रोक्न पनि आह्वान गरेको छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्तरूपमा इरानमाथि आक्रमण गरेका थिए । त्यसयता इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै आक्रमण गरिरहेको छ ।

मध्यपूर्वमा युद्ध शुरू भएको दुई हप्ता बितिसकेको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण