अमेरिकी सैन्य विमान इराकमा दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु

एजेन्सी, ३० फागुन । अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले आफ्नो सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालक दलका सबै ६ जनाको मृत्यु भएको जनाएको छ । उक्त घटनामा सत्रुपक्ष वा आफ्नै सेनातर्फबाट कुनै पनि गोलाबारीको संलग्नता भएको नदेखिएको बताइएको छ ।

यो विमान इरानविरुद्ध अमेरिकाले जारी राखेको आक्रमणमा प्रयोग गरिएको थियो । यस घटनामा दुईवटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको बताइएको छ ।

युद्धका बेला आकाशमै अन्य विमानमा तेल भर्न प्रयोग गरिने ‘यूएस केसी १३५’ विमानका चालक दलका ६ सदस्यको मृत्यु भएसँगै अहिलेसम्म इरानी आक्रमणमा परी ज्यान गुमाउने अमेरिकी अधिकारीको संख्या १३ पुगेको पेन्टागनले पुष्टि गरेको छ ।  


मध्यपूर्वमा अमेरिकी सेनाको जिम्मेवारी सम्हालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले एक पोस्टमा भनेको छ, “पश्चिमी इराकमा खसेको यूएस केसी–१३५ विमानमा सवार चालक दलका सबै ६ सदस्यको मृत्यु भएको पुष्टि भएको छ ।”

सेन्टकमले पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “विमान सत्रुको निसाना वा आफ्नै समूहको गलत निसानाका कारण दुर्घटना भएको कुनै संकेत भेटिएको छैन । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ।” 

यसअघि, इरानी सेनाले दुर्घटनामा आफ्नो संलग्नता पुस्टी गर्दै इराकस्थित सहयोगी समूहले क्षेप्यास्त्र प्रहार गरी विमान खसालेको र त्यसका चालक दलका सबै सदस्यको मृत्यु भएको उल्लेख गरेको थियो ।

इरान समर्थित इराकी समूहहरूको एक खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ले केसी–१३५ लाई खसालेको दाबी गरेको छ । उनीहरूले भागेको अर्को विमानलाई पनि निसाना बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय