यूएईले अमेरिकालाई आफ्नो भूमिबाट इरानमाथि आक्रमणको अनुमति नदिने

एजेन्सी, २९ फागुन । संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् ।

खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी आक्रमणलाई अत्यन्तै गम्भीर, गैरकानूनी र बिना कुनै उक्साहटमा गरिएको आक्रमण भनेकी छन् ।

नुसैबेहले यूएईले इरानविरुद्ध जवाफी कारबाही गर्छ त भन्ने प्रश्नको सोझो जवाफ नदिएकी उनले यूएईलाई आत्मरक्षाको अधिकार भएको बताइन् । बीबीसीका अनुसार उनले अगाडि बढ्ने बाटो कूटनीति नै हुनुपर्नेमा भने जोड दिएकी छन् ।

उनले देशको अर्थव्यवस्था मजबुत रहेको भन्दै तेल संरचना (आयल इन्फ्रास्ट्रक्चर) र पर्यटन उद्योगमाथि भएको आक्रमणको झड्का झेल्न सक्ने बताइइन् । जसमा दुबई अन्तर्राराष्ट्रिय हवाई अड्डा र केही होटलहरूमा भएको आक्रमण परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय