इराकमा अमेरिकी सैन्य इन्धन विमान दुर्घटना

एजेन्सी, २९ फागुन । पश्चिमी इराकमा अमेरिकी वायुसेनाको एक इन्धन बोक्ने (रिफ्युलिङ) विमान दुर्घटनाग्रस्त भएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार केसी–१३५ स्ट्राटो ट्याङ्कर विमान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई वटा विमानहरू संलग्न रहेकोमा दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।

अमेरिकी सैन्य अधिकारीहरूले यो दुर्घटना कुनै आक्रमण वा ‘फ्रेन्ड्ली फायर’ का कारण नभएको स्पष्ट पारेका छन् । घटना लगत्तै दुर्घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको छ । यद्यपि, विमानमा कति जना चालक दलका सदस्यहरू सवार थिए र उनीहरूको अवस्था के छ भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी

काठमाडौँ, १६ असोज । भक्तपुरमा च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा ख्वपः’ आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीमा कार्यक्रम हुने उक्त

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक