पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : मन्त्री विष्ट

काठमाडौँ, ३ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पसिना बगाउने श्रमिकले अपमानित बननुपर्ने अवस्थाको अन्त गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोद्यै मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले भन्नुभयो, “अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो विसङ्गति धेरै दिन रहँदैन ।”

अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय मञ्चमा आप्रवासी कामदारको अधिकारको विषयले प्राथमिकता पाएको अवस्थामा क्षेत्रीय मञ्चका रुपमा रहेको कोलोम्बो प्रोसेस र अन्तरसरकारी मञ्चका रुपमा रहेको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता ९जिसिएम०ले पनि श्रमिकलाई न्याय दिने गरी आफ्नो भूमिका केन्द्रित गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका