इरानविरुद्ध एपिक फ्युरीमा क्यानडा सामेल नहुने

एजेन्सी, २२ फागुन । क्यानडाले पर्सियन खाडी क्षेत्रका साझेदार देशहरूको सुरक्षा सहयोगबारे विचार गर्न सक्ने संकेत दिएको छ । तर इरानविरुद्ध चलिरहेको ‘अपरेशन एपिक फ्युरी’मा सहभागी नहुने स्पष्ट पारेको छ ।

क्यानडाको सेनाका प्रमुख जेनी कारिग्ननले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पर्सियन खाडी क्षेत्रमा रहेका साझेदार राष्ट्रहरूलाई आवश्यक परे सहयोग दिन सकिने बताएकी हुन् । तर कस्तो प्रकारको सहयोग हुने भन्ने उनले स्पष्ट खुलाइनन् ।

उनले भनिन्, ‘अहिले त्यहाँ सशस्त्र द्वन्द्व चलिरहेको छ, त्यसैले सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । यदि कुनै देशमाथि आक्रमण हुन्छ भने उनीहरूले आत्मरक्षाका उपाय अपनाउन सक्छन् । त्यसैले कुनै पनि सम्भावित सहयोग आत्मरक्षाको दायराभित्रै हुनुपर्छ ।’ तर उनले क्यानडाले इरानविरुद्धको अमेरिकी नेतृत्वको सैन्य अभियान अपरेशन एपिक फ्युरीमा प्रत्यक्ष रूपमा सहभागी हुनेबारे कुनै छलफल नभएको स्पष्ट गरिन् ।

कारिग्नानको कार्यालयका अनुसार उनले शुक्रबार युरोपका आफ्ना समकक्षीहरूसँग सम्भावित क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत

काठमाडौँ, १६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको प्राथमिकता विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापना हुने भएको बताएका

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।