काठमाडौं, ३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले ट्विट गर्दै उनले श्रद्धाञ्जलि अर्पण गरेका छन । ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा.तुलसी गिरीको ९३ वर्षीको उमेरमा निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।




