एजेन्सी, २० फागुन । अमेरिका, इजरायल र इरानबिच जारी भीषण युद्धको बाछिटा छिमेकी खाडी मुलुक कुवेतसम्म पुग्दा एक बालिकाले ज्यान गुमाएकी छिन्।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीको एक आवासीय क्षेत्रमा खसेको क्षेप्यास्त्रको छर्रा लागेर ती बालिका गम्भीर घाइते भएकी थिइन्। मन्त्रालयका प्रवक्ता डा. अब्दुल्लाह अल-सुन्दले एक विज्ञप्ति जारी गर्दै घाइते बालिकालाई बचाउन चिकित्सकहरूले धेरै प्रयास गरे पनि सफल हुन नसकेको जानकारी दिएका छन्।
पछिल्लो समय मध्यपूर्वमा चर्किएको त्रिपक्षीय सैन्य टकरावका कारण कुवेतको सुरक्षा व्यवस्थामा समेत चुनौती थपिएको छ। इरान र अमेरिकी गठबन्धनबिचको हवाई युद्धका क्रममा खसेका भग्नावशेष र छर्राहरूले सर्वसाधारणको ज्यान लिन थालेको छ। यो द्वन्द्व सुरु भएयता कुवेतमा मात्रै कम्तीमा तीन जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ।






